२०८३ आश्विन १६ गते , शुक्रबार

दिव्या स्पीचद्वारा अटिजम बालबालिकाको मनोबल बढाउने कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० पौष २२ गते , आईतबार
दिव्या स्पीचद्वारा अटिजम बालबालिकाको मनोबल बढाउने कार्यक्रम सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोडस्थित शाखा कार्यालय रहेको दिव्या स्पीच एण्ड हेयरिङ रि–ह्याबिलिटेसन सेन्टरले अटिजम भएका बालबालिकाको मनोबल बढाउने कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सेन्टरले अभिभावकहरुसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको हो । 

सेन्टरले कनकाईस्थित ह्याप्पील्याण्ड फनपार्कमा कार्यक्रम आयोजना गरेको थियो । अटिजम भएका बालबालिका र उनीहरुको अभिभावकहरुको मनोबल उच्च राख्न रिफ्रेसमेन्ट कार्यक्रम आयोजना गरिएको सेन्टरका सञ्चालक मनोज यादवले बताए । बालबालिकाहरुमा अटिजम हुँदा अभिभावकहरु मानसिक दबाबमा हुने हुँदा एकदिन भएपनि रिफ्रेसमेन्ट गर्ने उद्धेश्यले अभिभावकहरुसँगको सहकार्यमा कार्यक्रम राखिएको अर्का सञ्चालक राजु यादवले जानकारी दिए ।

कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका डा. उमेश यादवलगायत विभिन्न अस्पतालका डाक्टर तथा अटिजम भएका बालबालिकासहित अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार