२०८३ बैशाख ६ गते , आईतबार

नेल्टा झापाद्वारा नयाँ सदस्यहरुलाई स्वागत

sajilo news
परिवेश मिडिया
२०८० पौष २१ गते , शनिबार
नेल्टा झापाद्वारा नयाँ सदस्यहरुलाई स्वागत

बिर्तामोड नेपाल इङ्गिलस ल्याङ्गवेज टिचर्स एसोशिएसन (नेल्टा) झापाले नयाँ सदस्यहरुलाई स्वागत गरेको शनिबार आयोजित एक कार्यक्रमका बिच नेल्टाले आफ्ना नयाँ सदस्यहरुलाई स्वागत गरेको हो

जामनुखाडी सिमसारमा आयोजित एक कार्यक्रमका बिच नेल्टा झापामा आबद्ध सदस्यहरुलाई स्वागत गरिएको थियो नेल्टा झापाका नवनिर्वाचित अध्यक्ष प्रकाश पराजुली, कार्यक्रमका प्रमुख अतिथी तथा नेल्टाका केन्द्रीय सदस्य डा. भिम गौतम, विशिष्ठ अतिथी तथा केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराईले उनीहरुलाई खदा अबिर लगाएर स्वागत गरेका थिए

नयाँ सदस्यहरुलाई  कार्यक्रमका अतिथीहरु धर्मेन्द्र भट्टराई केशव मैनालीले बधाइ तथा शुभकामना दिएका थिए

प्रमुख अतिथी गौतमले नेल्टा झापाको नवनिर्वाचित कार्यसमितिको सफलताको शुभकामना दिनुका साथै नयाँ सदस्यहरुलाई बधाई दिए झापा भाषिक दृष्टिकोणले उर्वर भूमी भएको उल्लेख गर्दै दोस्रो भाषाको रुपमा रहेको अंग्रेजी भाषालाई समुदायमा सफलतापूर्वक सिकाउने कुरामा नेल्टाले गरेको प्रयत्नको प्रशंसा गरे झापामा २५ बढी भाषा बोलिने भन्दै आफुले अल्प संख्यकको रुपमा रहेको कुर्मीहरुले बोल्ने कुर्माली भाषाको अनुसन्धान गरिरहेको जानकारी दिए

नेल्टा झापा अध्यक्ष पराजुलीले सम्पूर्ण सदस्यहरुको सहयोगले मात्र नेल्टाले गन्तव्यमा पुग्न सक्ने बताए स्वागतका साथै वनभोजसमेत रहेको कार्यक्रमलाई सहयोग गर्ने लाइमलाइट एजुकेशन एण्ड भिषा सर्भिसेसका सञ्चालक मध्येका दिपक वाग्ले, व्युटी वर्ल्ड न्यू नमस्ते फास्ट फुड एण्ड सेकुवा कर्नर बिर्तामोडलाई उनले धन्यवाद दिए कार्यक्रम संस्थाका सचिव केशव उप्रेतीले सञ्चालन गरेका थिए  

कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो

सम्बन्धित समाचार