२०८३ बैशाख ६ गते , आईतबार

नेल्टा झापाको पद हस्तान्तरण सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० पौष १५ गते , आईतबार
नेल्टा झापाको पद हस्तान्तरण सम्पन्न

बिर्तामोड अङ्ग्रेजी भाषा शिक्षकहरूको सङ्गठन नेल्टा झापाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको नव गठित कार्यसमितिको पद हस्तान्तरण शनिबार सम्पन्न भएको हो

नेल्टा झापाको केहि दिन पहिले सम्पन्न जिल्ला सम्मेलनबाट प्रकाश पराजुलीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति गठन गरिएको नवगठित जिल्ला समितिको उपाध्यक्षमा भोजप्रसाद भट्टराई, सचिव केशव उप्रेती, सहसचिव संगीता बस्नेत कोषाध्यक्षमा वत्सल भट्टराई चयन भएका छन्

यसैगरी सदस्यहरूमा पुण्यमाता खतिवडा, तारा लाबुङ, अनुप शर्मा, खेमराज आचार्य, समीक्षा गौतम, राजेन्द्र अधिकारी, दिपेन लिम्बु, दीपक शर्मा वाग्ले, रामप्रसाद पराजुली अमिर कुमार तिम्सिना रहेका छन्

सम्मेलनले नेल्टा झापाका निवर्तमान अध्यक्ष धर्मेन्द्र भट्टराई को संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको समितिका सदस्यहरूमा केशव प्रसाद मैनाली, रुद्रबहादुर थापा, टिका प्रसाद सुवेदी जेनी राई रहेका छन्

शनिबार बिर्तामोडमा आयोजित एक समारोहका बीच निवर्तमान अध्यक्ष धर्मेन्द्र भट्टराईले नवनिर्वाचित अध्यक्ष प्रकाश पराजुलीलाई माइन्युट हस्तान्तरण गरी पद हस्तान्तरण गरेका हुन्

सात वर्षअघि गठन भएको नेल्टा झापाले विभिन्न गतिविधी सञ्चालन गरिरहेको

सम्बन्धित समाचार