ढुवानी व्यवसायी खत्री उवा संघ सदस्यको आकांक्षी
बिर्तामोड । नजिकिँदो बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले उम्मेदवारी दिने तयारी गरेका छन् । खत्रीले संघको सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
व्यवसायी खत्रीले स्वतन्त्ररुपमा सदस्यमा उम्मेदवारी दिने बताउए । आफु बिर्तामोडमा वर्षौं देखि ढुवानी व्यवसाय सन्चालन गर्दै आएको भन्दै उनले यस क्षेत्रको प्रतिनिधित्व हुने गरि वाणिज्य संघको निर्वाचनमा उठ्न लागेको जानकारी दिए ।
सदस्यमा आफ्नो जीत सुनिश्चित रहेको भन्दै खत्रीले यस पटक व्यवसायी र बजारको हित हुनेगरि काम गर्नसक्ने क्षमतावान उम्मेद्वारलाई भोट दिन सबैलाई आग्रह गरे ।
यस अघि वाणिज्य संघमा चुनाव जितेर नेतृत्वमा आउनेहरुले व्यवसायीको हितमा कुनै पनि काम नगरेको व्यवसायी खत्रीको गुनासो छ ।
ढुवानी क्षेत्रका अर्का व्यवसायी हेमराज अधिकारीले वाणिज्य संघको निर्वाचनमा खत्रीलाई सबैको साथ रहेको बताए । उनले ढुवानी व्यवसायीको प्रतिनिधीकारुपमा खत्रीलाई अघि बढाइएको बताए ।
वाणिज्य संघको निर्वाचन फागुन १४ गतेलाई तय गरिएको छ ।