२०८३ बैशाख ६ गते , आईतबार

दुर्गा माविका भूतपूर्व विद्यार्थीको पुनर्मिलन

sajilo news
परिवेश मिडिया
२०८० पौष १५ गते , आईतबार
दुर्गा माविका भूतपूर्व विद्यार्थीको पुनर्मिलन

बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर स्थित श्री दुर्गा माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरूको पुनर्मिलन कार्यक्रम सम्पन्न भएको उनीहरुले शनिबार झापाको पर्यटकीय स्थल दोमुखामा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेका हुन्

उक्त विद्यालयमा २०५५/५६ सालमा अध्ययन गर्ने विद्यार्थीहरूको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो उक्त पुनर्मिलन कार्यक्रमका बिच विद्यालयका शिक्षक धर्मेन्द्र भट्टराईलाई सम्मानसमेत गरिएको थियो करिब २५ वर्षपछि सँगै अध्ययन गरेका साथीहरूबीच को पुनर्मिलनले उनीहरूमा तत्कालीन अवस्थाको झल्को दिएको उनीहरुले बताए कार्यक्रममा सहभागिहरुले एकआपसमा आफ्नो जीवनका संघर्षहरूको बारेमा छलफल गरेका थिए भने हाल विभिन्न पेशा व्यवसायमा रहेका साथीहरू बिचमा विचारहरू आदानप्रदान समेत गरेका थिए

पूर्व विद्यार्थीहरू यादव रिजालकृष्ण पाठक, मिलन पोखरेल लगायतको सक्रियतामा उक्त पुनर्मिलन कार्यक्रम आयोजना गरिएको थियो भेलाले आगामी दिनमा पूर्व विद्यार्थीहरूको एउटा संस्था खडा गर्ने विद्यालयलाई विभिन्न तरिकाले सहयोग पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए सोही समारोह बिचमा तत्कालीन प्रधानध्यापक कृष्णप्रसाद पाठक वर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद पाण्डेलाई खदा लगाएर सम्मान गरेका थिए सम्मानित शिक्षक धर्मेन्द्र भट्टराईले पूर्व विद्यार्थीहरूले गरेको यो अभियान अत्यन्त प्रशंसनीय रहेको भन्दै विद्यालयको चौतर्फी विकासमा पूर्व विद्यार्थीहरूको भूमिका सक्रिय हुनुपर्नेमा जोड दिएका थिए

सम्बन्धित समाचार