२०८३ बैशाख ६ गते , आईतबार
अर्जुनधारा ११ का दुई लागू औषध कारोबारी पक्राउ
बिर्तामोड । प्रहरीले ठूलो मात्रामा लागू औषध ब्राउन सुगर सहित झापा अर्जुनधारा नगरपालिका ११ का दुई जना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ ।
शुक्रबार राति पौने ११ बजे २९ बर्षीय मनिस मोक्तान र ३७ बर्षीय रीगबहादुर दर्जीलाई प्रहरीले चारआलीबाट पक्राउ गरेको जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ५ प ३६४८ नम्बरको मोटरसाइकल जाँचको क्रममा उनीहरुको साथबाट ११ ग्राम १५० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।