२०८३ बैशाख ६ गते , आईतबार

प्रवेश दाहाल र टीना कार्की मेचीनगरका संस्थागत विद्यालयतर्फ उत्कृष्ट

sajilo news
परिवेश मिडिया
२०८० पौष १२ गते , विहीबार
प्रवेश दाहाल र टीना कार्की मेचीनगरका संस्थागत विद्यालयतर्फ उत्कृष्ट

बिर्तामोड झापाको मेचीनगरस्थित संस्थागत विद्यालयहरुको कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र प्रवेश दाहाल छात्रा टीना कार्की सम्मानित भएका छन् उनीहरुलाई नगरपालिकाले बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरेको हो

इष्ट होराइजन स्कुलका छात्र दाहालले कक्षा १२ को अन्तिम परीक्षामा ३.४८ छात्रा कार्कीले ३.४० जीपीए ल्याएका थिए

त्यस्तै सामुदायीक तर्फ धुलाबारी माविका अनुस खरेल पवित्रा न्यौपाने उत्कृष्ट बनेका छन् खरेलले ३.६५ न्यौपानेले ३.७४ जीपीए ल्याएका थिए

नगरपालिकाले नगरभित्रका सामुदायिक तथा निजी शैक्षिक संस्थाका उत्कृष्ट विद्यार्थीसहित शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, विभिन्न संस्थागरी ९७ जनालाई सम्मान तथा पुरस्कृत गरेको । उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो

नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोह २०८० कार्यक्रममा नगरभित्रका सामुदायिक तथा नीजि विद्यालयमा कक्षा को परीक्षामा सर्वौत्कृष्ट अंक ल्याउने विद्यार्थी मध्ये ४२, अवकाश प्राप्त शिक्षक १९, अवकाश प्राप्त कर्मचारी, उत्कृष्ट शिक्षक, विद्यालय व्यवस्थापन समिति, बाल कलब, कोशी प्रदेशमा सम्पन्न प्रतियोगितात्मक नृत्यमा सर्वोत्कृट हुने स्काउटबाट एक/एकजना, बाल शिक्षक , प्रधानाध्यापक , प्याव्सन एन प्याव्सन, कक्षा १० कक्षा १२ बाट चार चार गरी कुल ९७ जनालाई पुरस्कृत तथा सम्मान गरेको हो नगर शिक्षा शाखाका अनुसार नगरभित्र १७ मावि, ११ निमाबि, १४ प्राथमिक, वटा धार्मिक तथा ६० संस्थागत गरी कुल एक सय वटा शैक्षिक संस्था रहेका छन्

 

सम्बन्धित समाचार