२०८३ बैशाख ५ गते , शनिबार

नेपाल औषधि लिमिटेडमार्फत २० प्रकारका औषधि उत्पादनको तयारी

sajilo news
परिवेश मिडिया
२०८० पौष ११ गते , बुधबार
नेपाल औषधि लिमिटेडमार्फत २० प्रकारका औषधि उत्पादनको तयारी

काठमाण्डौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने तर्फ सरकारको जोड रहेको बताएका छन् आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले गरेको सम्बोधनका क्रममा उक्त कुरा बताएका हुन्

प्रधानमन्त्री दाहालले औषधिमा आत्मनिर्भर बन्न नेपाल औषधि लिमिटेडमार्फत पहिलो चरणमा २० प्रकारका औषधि उत्पादनका लागि पूर्वतयारी गरिएको जानकारी दिए उनले सरकारले हाल प्रदान गर्दै आएका अत्यावश्यक औषधिहरु राज्यका तर्फबाट नै उत्पादन गर्ने तयारी भएको ती औषधि नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने बताएका हुन्

सरकारले प्रदान गर्दै आएका अत्यावश्यक औषधिहरूलाई राज्यका तर्फबाट नै उत्पादन गरी औषधिमा आत्मनिर्भर बन्न नेपाल औषधि लिमिटेडमार्फत पहिलो चरणमा २० प्रकारका औषधि उत्पादनका लागि पूर्वतयारी गरिएको ,’ सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले भने

सम्बन्धित समाचार