२०८३ बैशाख ६ गते , आईतबार
मृतक परिवार र मनमोहनबिच सहमति
बिर्तामोड । बिर्तामोडस्थित मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक क्षेत्रीय अस्पताल र मृतकका परिवारबिच सहमति भएको छ । दुई पक्षबिच इलाका प्रहरी कार्यालय अनारमनीमा सहमतिपछि अस्पताल परिसर शान्त बनेको हो ।
सहमतिपछि परिवारले शव बुझेको छ । सर्वपक्षीय छानबिन समिति गठन गर्ने र सोको प्रतिवेदनका आधारमा दोषीउपर कानुनी कारबाही गर्ने सहमति भएको मृतकका भान्जा भवानीप्रसाद दंगालले जानकारी दिए ।
घुँडामुनि सुन्निएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई हिजो बिहान ७ बजे मनमोहन अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचारका क्रममा बेलुका ५:३० बजे उनको मृत्यु भएपछि अस्पतालमा तनाव सिर्जना भएको थियो । मृतकका श्रीमान, ११ वर्षका छोरा र अढाई वर्षकी छोरी रहेका छन् ।