२०८३ बैशाख ६ गते , आईतबार
फक्तालुङका विद्यार्थीले सफा गरे धार्मिक स्थल
बिर्तामोड । कनकाई नगरपालिकास्थित फक्तालुङ एजुकेसन फाउण्डेसनका विद्यार्थीले शुक्रबार धार्मिक स्थल सरसफाई गरेका छन् । कनकाई–७ स्थित बिरिङ जलाधार सामुदायिक वन परिसरमा रहेको किराँतेश्वर माङहिम परिसरमा उनीहरुले सरसफाई गरेका हुन् ।
विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले सामाजिक शिक्षाको पढाई अन्तर्गत उक्त स्थलमा सफाई गरिएको विद्यालयका शिक्षक एञ्जल पोखरेलले जानकारी दिए । विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिनका लागि फिल्डमा लगिएको उनले बताए ।
कार्यक्रममा पूर्व वडा अध्यक्ष लीलाबहादुर कन्दङ्बा, निर्मल आङ्थुम्बो, दुर्गापुर प्रहरी बिटका प्रमुख राजकुमार राजवंशीको उपस्थिति रहेको थियो ।