२०८३ बैशाख ६ गते , आईतबार

धौलागिरी पारिजातले सञ्चालकलाई ऋण नदिने

sajilo news
परिवेश मिडिया
२०८० पौष ६ गते , शुक्रबार
धौलागिरी पारिजातले सञ्चालकलाई ऋण नदिने

बिर्तामोड बिर्तामोडमा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालकहरुलाई ऋण नदिने निर्णय गरेको शुक्रबार सम्पन्न संस्थाको १६औँ बार्षिक साधारणसभाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सञ्चालक सदस्यलाई ऋण नदिने प्रस्ताव पारित गरेको हो

संस्थाको दीगो विकास निरन्तरताका लागि सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सञ्चालक सदस्यले संस्थाबाट कुनै पनि किसिमको ऋण उपभोग गर्न नपाइने निर्णय गरेको अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए

कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका सहकारी शाखा प्रमुख डिल्ली दाहालले धौलागिरी पारिजातले गरेको उक्त निर्णय स्वागतयोग्य भएको बताए कतिपय सहकारीमा सञ्चालक समितिले मनोमानी ढंगबाट ऋण लिने समयमा नतिर्ने गरेकाले सहकारी समस्यामा परिरहेको बेला धौलागिरी पारिजातले गरेको यो निर्णयले संस्थाप्रति सदस्यहरुको विश्वास बढ्ने दाहालले बताए

कार्यक्रममा बोल्दै अतिथी हल्दिबारीका निवर्तमान जनप्रतिनिधी त्रिलोचन सापकोटाले संस्थाको बार्षिक नीति तथा कार्यक्रम सबै सदस्यहरुलाई जानकारी गराउन आग्रह गरे

साधारणसभामा अध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थाले गत ३५ लाख ४९ हजार २४३ रुपैयाँ खुद नाफा कमाएको

संस्थाको शेयर पुँजी पाँच करोड ७४ लाख ७९ हजार ४०० रुपैयाँ रहेको भने चालु आर्थिक वर्षमा करोड १८ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिइएको

संस्थाको बचत ३२ करोड ११ लाख ४१ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा ३८ करोड ८१ लाख ५३ हजार पुर्याउने लक्ष्य लिइएको अध्यक्षको प्रतिवेशेदनमा उल्लेख

यसैबीच, साधारणसभाको अवसर पारेर संस्थाले ११ जना उत्कृष्ट बचतकर्ता १० जना उत्कृष्ट ऋणी सदस्यलाई सम्मान गरेको

उत्कृष्ट बचतकर्तातर्फ उपेन्द्र शाह, अनिता श्रेष्ठ, श्यामकुमार तामाङ, कल्पना बस्नेत, निशान तामाङ, तिलमाया पौडेल, इन्दिरा घिमिरे, अस्मिता सिग्देल, दिपा गड्तौला, भक्तबहादुर सुनुवार कमला प्रधान रहेका छन्

त्यस्तै, उत्कृष्ट ऋणतर्फ लक्ष्मी श्रेष्ठ, निरबहादुर थापा मगर, नरेन्द्रकुमार लिम्बू, नेत्रबहादुर विश्वकर्मा, तर्कराज लिम्बू, दिपक शिवाकोटी, अञ्जु गुरुङ, बेगम कार्की, चन्द्रकला बर्देवा हरि श्रेष्ठ रहेका छन्

त्यस्तै, संस्थाले उत्कृष्ट सेवाकेन्द्रको रुपमा अर्जुनधाराको सिस्ने सेवाकेन्द्रलाई पुरस्कृत गरेको कर्मचारीतर्फ उत्कृष्ट सेवाकेन्द्र प्रमुख सिस्नेका मनिष आचार्य, बिर्तामोडकी सकुन्तला चौधरी, गोलधापकी तारादेवी ढकाल, जयपुरकी नर्वदा खड्का उषादेवी राईलाई नगदसहित सम्मान गरेको थियो

गत असार मसान्तसम्म १२ हजार ७९५ शेयर सदस्य रहेको संस्थाले विभिन्न नौवटा सेवाकेन्द्रमार्फत कारोबार गर्नुका साथै बचत तथा ऋण, सुपथ मूल्यको कृषि सहकारी पसल डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको

यसैबीच, संस्थाको दुई दिनअघि सर्वसम्मत निर्वाचित पदाधिकारी, सदस्य तथा लेखा सुपरीवेक्षण समितिको पद हस्तान्तरण गरिएको थियो

सञ्चालक सदस्य किशोर पौडेलले सञ्चालन गरेको कार्यक्रम सचिव किशोर भट्टराईले सञ्चालन गरेका थिए

 

सम्बन्धित समाचार