प्याब्सन झापामा प्यारागनले रच्यो ईतिहास
बिर्तामोड । झापाको कनकाई-३ मा रहेको प्यारागन एकेडेमीले सांस्कृतिक प्रतियोगितामा ईतिहास रचेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले आयोजना गरेको सांस्कृतिक प्रतियोगिता अन्तर्गत नृत्यको सबै विधामा प्रथम स्थान हासिल गरेको हो ।
प्यारागन एकेडेमीले आधुनिक, राष्ट्रिय र लोक साँस्कृतिक तीन वटै विधामा प्रथम स्थान हासिल गरेको विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यसरी एउटै विद्यालयले सबै विधामा प्रथम स्थान हासिल गरेको पहिलो ईतिहास भएको कनकाई नगर प्याब्सन अध्यक्ष बिनोद सुब्बाले जानकारी दिए ।
प्याब्सन झापाले पुस २ र ३ गते दमकमा आयोजना गरेको कार्यक्रममा कक्षा ५ सम्मका विद्यार्थीले आधुनिक, ८ सम्मका विद्यार्थीले राष्ट्रिय र ९ देखि माथिकाले लोक साँस्कृतिक विधामा नृत्य गरेको
विद्यालयका संस्थापक चम्पा खनाल सुबेदीले जानकारी दिइन ।
प्यारागनले प्याब्सन प्रदेश र केन्द्रले आयोजना गर्ने प्रतियोगितामा पनि विजय हासिल गर्ने लक्ष्य लिएको नृत्य निर्देशक दिवस गिरीले बताए ।
२०६४ सालमा कनकाईमा शुरु भएको प्यारागन एकेडेमी कक्षा १० सम्म संचालन भइरहेको र ७०३ जना विद्यार्थी तथा कर्मचारी र शिक्षक ५७ जना रहेको विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले जानकारी दिए । आउने शैक्षिक सत्रदेखि कक्षा ११ संचालनको तयारीमा रहेको संस्थापक सुबेदीले जानकारी दिइन ।
विद्यालयका संयोजक चेतन भण्डारीले स्वागत गरेको कार्यक्रम संचार सदस्य राम निरौलाले संचालन गरेका थिए ।