२०८३ बैशाख ६ गते , आईतबार

भिजिट भिसामा विदेश पठाउने निमा छिरिङ ट्राभल्सका सञ्चालक पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २९ गते , शुक्रबार
भिजिट भिसामा विदेश पठाउने निमा छिरिङ ट्राभल्सका सञ्चालक पक्राउ

काठमाण्डौ भिजिट भिसाका नाममा रकम असुली गरेर नेपालीलाई विदेश पठाएको आरोपमा ट्राभल्स एजेन्जीका सञ्चालक कर्मचारी पक्राउ परेका छन्

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ कर्मचरारी पदम लामालाई पक्राउ गरेको हो एसपी मिलन केसीका अनुसार, उनीहरुले अध्यागमन अधिकृतसँग सेटिङ मिलाएर भिजिट भिसामा युवालाई विदेश पठाउने गरेका थिए

प्रहरीले अध्यागमनका कर्मचारीलाई पनि अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले २७ मंसिरमा अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो

अनुसन्धानका क्रममा उनले नक्कली कागजातका आधारमा प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म लिएर विदेश उडाउन सहजीकरण गरिदिने गरेको खुलेको थियो

थप अनुसन्धानका क्रममा उनीसँग सम्बन्धका आधारमा ३०० जनालाई विदेश पठाएको आरोपमा ट्राभल्सका सञ्चालक कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको थप अनुसन्धान भइरहेको बताइएको

सम्बन्धित समाचार