२०८३ बैशाख ५ गते , शनिबार

गृहमन्त्री श्रेष्ठको पुनः एन्जिओप्लास्टी गरियो

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २० गते , बुधबार
गृहमन्त्री श्रेष्ठको पुनः एन्जिओप्लास्टी गरियो

काठमाण्डौ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो गृह मन्त्रालयका अनुसार अहिले उनको अवस्था स्थिर

मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको उनको सचिवालयका एक सदस्य विजय गौतमले जानकारी दिए

मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डा. अरुण मास्के सहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको मन्त्री श्रेष्ठ सघन उपचार कक्षमा उपचाररत रहेको उल्लेख

सम्बन्धित समाचार