२०८३ बैशाख ६ गते , आईतबार

शिक्षासेवी स्वर्गीय प्रसाईको पुण्यतिथीमा वक्तृत्वकला

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १९ गते , मंगलबार
शिक्षासेवी स्वर्गीय प्रसाईको पुण्यतिथीमा वक्तृत्वकला

बिर्तामोड बिर्तामोडका शिक्षासेवी, न्युटन्स एजुकेसन एकेडेमी तथा एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईको प्रथम वार्षिक पुण्यतिथीको अवसरमा वक्तृत्वकला आयोजना गरेको प्रसाईका पुण्यतिथीको अवसरमा एभरेस्ट स्मार्ट स्कुलले सोमबार विद्यालयमा वक्तृत्वकला सम्पन्न गरेको हो

विद्यालयले कक्षा देखि सम्म एक तह, कक्षा देखि कक्षा कक्षा सम्म एक तह कक्षा देखि कक्षा सम्म एक तह निर्धारण गरेर वत्तृmत्वकला आयोजना गरेको विद्यालयका प्रिन्सिपल अनुप शर्माले जानकारी दिए विद्याथीहरुले आफ्नो इच्छा अनुसार शीर्षक छनौट गरी प्रस्तुति दिएको उनले बताए वर्तमान अवस्था, राष्ट्र एवं राष्ट्रियता, अनुशासन, जलवायु परिवर्तन त्यसका असर जस्ता गहन शीर्षकमा आफ्नो प्रस्तुती दिएका थिए

कार्यक्रमका संयोजक विद्यालयका प्रधानाध्यापक शर्माले स्वर्गीय हरी प्रसाईले न्यूटन्स एकेडेमी तथा एभरेस्ट स्मार्ट स्कुलको स्थापनाको उद्देश्य तथा उहाँले शिक्षा क्षेत्रमा दिनु भएको योगदानको वर्णन गर्दै व्यक्तिको व्यक्तित्व विकासमा विद्यालयले ठुलो भुमिका खेलेको बताए उनले विद्यार्थीहरुलाई वाक क्षमता विकासका लागि हौसला प्रदान गरेका थिए  

संस्थापक प्रसाईको ७१ वर्षको उमेरमा गत बर्ष आजकै दिन अमेरिकामा निधन भएको थियो उनी पेटको क्यान्सरबाट पीडित थिए

आदर्श विद्या मन्दिर, सगरमाथा बोर्डिङ, दीपज्योति बोर्डिङ संचालन गरी पछिल्लो समयमा उनले न्यूटन्स एजुकेशन एकाडेमी एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमी सञ्चालन गर्दै आएका थिए

सम्बन्धित समाचार