२०८३ बैशाख ५ गते , शनिबार

एनसेलमा रहेको आजिएटाको शेयर बेलायतको स्पेक्ट्रलाइटले किन्यो

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १६ गते , शनिबार
एनसेलमा रहेको आजिएटाको शेयर बेलायतको स्पेक्ट्रलाइटले किन्यो

बिर्तामोड दुरसञ्चार कम्पनी एनसेलमा रहेको मलेसियन कम्पनी आजिएटाको शेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले किनेको एनसेलमा रहेको आजिएटाको सम्पूर्ण  ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट युकेले खरिद गरेको हो

स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्य हुन् एनसेलमा २० प्रतिशत सेयर भएको सुनीभेरा क्यापिटल भेन्चर प्रालिमा समेत आचार्य परिवारको स्वामित्व

गत बुधबार व्यावसायिक चुनौतीहरु बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख थियो नेपालमा व्यवसायीक चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजिएटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका थिए

दूरसञ्चार क्षेत्रका जानकारहरूले भने एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजिएटा बाहिरिएको अनुमान गरेका छन् १६ भदौ २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो

सम्बन्धित समाचार