२०८३ बैशाख ६ गते , आईतबार
छोराले कराई र दाउ प्रहार गर्दा बुवाको मृत्यु
बिर्तामोड । झापाको कमल गाउँपालिकामा छोराले कराई र दाउ प्रहार गर्दा बुवाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नम्बर ४ का २३ बर्षीय आशिष तामाङको प्रहारबाट बुवा भोलाकुमार तामाङको मृत्यु भएको हो ।
सोमबार बिहान साढे ६ बजे आशिषले बुवा भोलाको टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुवाको हत्या गरी फरार आशिषलाई प्रहरीले दुध डेरी भन्ने स्थानबाट पक्राउ गरेको जिप्रका झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।