२०८३ बैशाख ५ गते , शनिबार

आगलागीका घाइतेको उपचारका लागि कोशीमा ‘वर्न हस्पिटल’ निर्माण गरिने

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १० गते , आईतबार
आगलागीका घाइतेको उपचारका लागि कोशीमा ‘वर्न हस्पिटल’ निर्माण गरिने

बिर्तामोड कोशीका मुख्यमन्त्री केदार कार्कीले संसदमा शनिबार पेश गरेको बजेट प्रतिस्थापन विधेयकमा प्रदेशमा जलन अस्पताल (वर्न हस्पिटल) निर्माण गर्ने योजना समावेश गरेका छन् उनले पहिलो पटक विधेयकमा प्रदेश स्तरीय वर्न हस्पिटल निर्माण गर्ने योजना समावेश गरेका हुन्

मुख्यमन्त्री कार्कीले यसअघिको बजेट छर्ने परिपाटीलाई अन्त्य गर्ने भन्दै नयाँ आयोजनाहरु २५ लाख भन्दा माथिको मात्रै राखेका हुन्

केहि दिन अघि उर्लाबारीमा भएको आगलागीका घाइतेहरुलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको त्यहाँ उपचार नहुने भएपछि बिरीमीहरुलाई  रेफर गराउन मुख्यमन्त्री कार्कीले ठुलै कसरत गर्नु परेको थियो पछि ती घाइतेहरुलाई काठमाण्डौ पठाइएको थियो भने तीन जनाको उपचारको क्रममा मृत्यु भएको थियो

विधेयकमा १० वर्ष मुनिका बालबालिकाको उपचारमा लागि निशुल्क विशेषज्ञ चिकित्सक सेवा प्रदान गर्ने योजना समावेश गरेका छन् निजी क्षेत्रसँगको सहकार्यमा निजी डेरीमा रहेको घिउ पाउडर दूध निर्यातमा अनुदान दिने योजना समावेश

वातावरण संरक्षणका लागि तुइन मैत्री प्रदेश हाम्रो अभियान भन्ने नाराका साथ प्रदेशका पहाडी हिमाली क्षेत्रको भौगोलिक कठिनाईलाई सम्बोधन गर्न बैकल्पिक यातायातको रुपमा स्वचालित तुइन निर्माण गर्ने योजना पनि समावेश गरेका छन् संघीय सरकारले भने तुइन विस्थापन गर्ने योजना अनुसार काम गरिररहेको

कृषि पशु विज्ञान पढ्न चाहने प्रत्येक पालिकाका जना विद्यार्थीलाई डिप्लोमा तहमा छात्रवृत्ति दिने, सहकारी संस्थाको नियमित अनुगमन छानबिनका लागि विज्ञहरूको समिति बनाउने, युवा तथा महिला उद्यमी लक्षित तालिमको लागि बजेट व्यवस्थापन गर्ने, हात्तीको संरक्षण व्यवस्थापनका लागि हात्तीमैत्री जङ्गल करिडोर निर्माण गर्ने विषय प्राथमिकतामा छन्

त्यस्तै पर्यटक प्रहरी परिचालन गर्ने, प्रदेशमा रहेका थप पर्यटकीय स्थलको प्रबद्र्धन गर्ने, जनावरमैत्री वन बनाउन फलफूलका बिरुवा रोप्ने, धरानमा तमोरको पानी अढाई किलोमिटर सुरुङ खनेर ल्याउन अध्ययन गर्ने, सामुदायिक विद्यालयका आधारभूत तहका विद्यार्थीका लागि बालमैत्री नमुना कक्षा सञ्चालन गर्ने, राष्ट्रिय विभूति फाल्गुनन्द भाषा संस्कृति अध्ययन प्रतिष्ठानको स्थापना गर्ने पनि बजेटमा उल्लेख

विराटनगरमा रहेको संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको रुपमा सञ्चालन गर्ने, स्वास्थ्य स्वयंसेविका महिलाहरूका लागि अतिरिक्त प्रोत्साहन भत्ता दिने, सार्वजनिक सवारी साधनका चालक तथा सहचालकको स्वास्थ्य बिमाको कार्यक्रम लागू गर्ने, अस्पतालमा दोभासेको व्यवस्थापन गर्ने, भूमिहीन तथा सुकुमबासीले घडेरी खरिद गर्न लिएको ऋणको ब्याज मिनाहा गर्ने विषय पनि बजेटको प्राथमिकता छन्

विधेयक पेश गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका ५६ वटै क्षेत्रलाई सम्बोधन गर्नेगरी प्रतिस्थापन विधेयक ल्याएको बताए यो बजेटमा प्रदेश सांसदहरुको छाती चौडा हुने सङ्घीय सांसद सङ्घीय मन्त्रीहरूलाई जवाफ दिनेगरी पाइला चालेका छौँ, उनले भने, ‘परिस्थितिलाई मध्यनजर गर्दै १०१५ प्रतिशत बजेट चलाएर जनताको मागलाई सम्बोधन गर्ने प्रयास गरेका छौँ

अध्यादेशबाट आएको बजेटलाई समानुपातिक प्रत्यक्ष सबै सांसदले महसुस गर्न सक्ने बताउँदै उनले भने, ‘ ५६ वटै क्षेत्रलाई अन्याय नहुने गरी प्रतिस्थापनमार्फत प्रयास गरेका छौँ

सम्बन्धित समाचार