२०८३ बैशाख ६ गते , आईतबार

भीपीएनबाट टिकटक चलाउँदा कस्तो जोखिम हुन्छ ?

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २ गते , शनिबार
भीपीएनबाट टिकटक चलाउँदा कस्तो जोखिम हुन्छ ?

बिर्तामोड ।  नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि भर्चुअल प्राइभेट नेटवर्क -भीपीएनमार्फत धेरैले टिकटक चलाइरहेको सुनिन्छ

सरकारको निर्देशनपछि नेपालका सबैजसो इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकले टिकटक चलाउन नमिल्ने बनाइसकेको अवस्थामा टिकटक चलाइरहेको कतिपय प्रयोगकर्ताले बताएका छन् उनीहले भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेका हुन्

बुधबारसम्म नेपालमा करिब लाखको हाराहारीमा भीपीएन प्रयोग भइरहेको तथ्याङ्क कम्प्युटर एसोसिएन अफ नेपाल (क्यान)सँग क्यानका महासचिव चिरञ्जिवी अधिकारीका अनुसार भिपिएनबाट टिकटकसहित सबैखाले प्रतिबन्धित साईट एप चलाउन सकिन्छ

भीपीएन हामीले प्रयोग गर्ने उपकरण अन्य कम्प्युटरबीचको इन्टरनेटलाई सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो यसले उपकरण अन्य कम्प्युटरको बीचमा पुलको काम गर्छ सामान्यतया हामी अनलाइन हुँदा हामीले प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै इन्टरनेटको ठूलो सञ्जालमा जोडिन्छौं तर, भीपीएनले हामीलाई अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ यसले गर्दा हाम्रो परिचय गोप्य रहन्छ

अधिकांश भीपीएन कार्यालय प्रयोजनका लागि मात्रै प्रयोग गर्न मिल्ने गरी बनाइए पनि हाल आएर यसको पहुँच व्यक्तिगत रूपमा पनि हुन थालेको खासगरी जुन वेबसाइटमा पहुँच पुर्याउन सकिँदैन त्यो वेबसाइटमा पहुँच पुर्याउनका लागि भीपीएन प्रयोग गरिन्छ यसका लागि निःशुल्क शःशुल्क भीपीएन उपलब्ध

साइबर सुरक्षा विज्ञका अनुसार साधारणतया भीपीएन सुरक्षित छैन निःशुल्क प्रयोग गर्न मिल्ने भीपीएनको साटो पैसा तिरेर प्रयोग गर्न मिल्ने भीपीएनहरू केहि सुरक्षित हुने बताइन्छ

सित्तैमा पाइने भीपीएनबार्ट यानरमवेयर भाइरसहरू डाउनलोड हुने त्यसले भीपीएनबाट चलाउने सबै नेकवर्कमा असर गर्ने बताइन्छ यसले डिभाइसमा भएका अरू सामाजिक सञ्जाललाई असर पार्न सक्छ सित्तैमा पाइने भीपीएनले अरू माल्वेअरहरू आएर हाम्रो डिभाइसमा बस्छ, जसले घरदेखि अफिससम्मको सबै डेटा चोरी हुने खतरा हुन्छ

कतिपय भीपीएनहरूले विभिन्न माध्यमबाट हामीले चलाउने उपकरणहरूमा स्पाइवेअर, माल्वेअरहरूलाई बाटो दिने माध्यमको रुपमा बनिरहेको हुन्छ भीपीएनले हाम्रो सामाजिक सञ्जालका खाताहरू, कर्पोरेट अफिस, सरकारी कार्यालय, ब्याङ्किङ सूचनाहरू चोरीको जोखिम उच्च हुन्छ

ह्याकरहरूले इन्क्रिप्ट गरेर विभिन्न माध्यमबाट माल्वेअरहरू पठाउने भएकाले त्यसमा एक क्लिक हुनेबित्तिकै हाम्रोबाट सूचनाहरू चोरी हुने जोखिम उच्च हुने विज्ञहरुको भनाइ भीपीएन प्रयोग गर्दा तस्वीरको माध्यमबाट कोडहरू पठाउँछ भेरिफाइ गर्न लगाउँछ हामीले त्यो कुरा सजिलै भेरिफाइ गर्नतर्फ लाग्छौं सित्तैमा भीपीएन पाउने लोभमा यसबाट हाम्रा सूचनाहरू चोरी भइरहन्छ

भाइरसहरू मलिशस कोडहरू एकदमै फैलिन्छन् कसैले क्लिक गरेमा साथीहरूकोमा पनि पुग्नसक्छ उनीहरूले त्यो क्लिक गरेर अझै फैलाउँछन् त्यसपछि सबैको सिस्टम ह्याक हुने जोखिम हुन्छ

सम्बन्धित समाचार