२०८३ बैशाख ६ गते , आईतबार

टिकटक नेपाल सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध

मापदण्ड विपरित रहेका करिब ३० लाख कन्टेन्ट हटाएको दाबी

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १ गते , शुक्रबार
टिकटक नेपाल सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध

बिर्तामोड टिकटक कम्पनीले नेपाल सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको जनाएको छ । टिकटकले पत्रमार्फत नेपाल सरकारले सहयोग गरे मिलेर काम गर्न प्रतिबद्ध रहेको जनाएको हो

टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका हुन् पत्रमा टिकटकले नेपालमा टिकटक सञ्चालनका निम्ति गरेका केही प्रयासहरूबारे पनि प्रकाश पारेको भने मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडियोहरू हटाएको पनि बताएको

पत्रमा नेपाल सरकारले यसरी प्रतिबन्ध लगाउनुभन्दा सहयोग गरेमा सुरक्षाको लक्ष्य हासिल गर्न सहज हुने समेत बताइएको विज्ञप्तिमा टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारसँग भएका सहकार्यविपरित रहेको समेत बताइएको

पत्रमा प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न उनीहरूको कन्टेन्टमा के समस्या भएको हो भन्ने पहिचान गर्नका निम्ति टिकटक नेपाल सरकारसँग मिलेर काम गरिरहन प्रतिबद्ध रहेको समेत बताइएको

पत्रमा नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा पारेको सो कम्पनीले जनाएको सरकारले नेपालमा टिकटक  बन्द गर्ने निर्णय गरेलगत्तै त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो

सोमबार प्राधिकरणलाई सो कम्पनीले जवाफ फर्काएको हो जवाफमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गरेको उसले नेपालमा टिकटक बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन समेत अनुरोध गरेको  

पत्रमा भनिएको , ‘नेपाल सरकारको यो निर्णयबाट लाखौं नेपाली जनताहरू, जसले हाम्रो यो प्लेटफर्ममार्फत रचना खुसी साटे, उनीहरू जस्तै हामी पनि आश्चर्यचकित छौं

यो प्लेटफर्मलाई छोटो समयमै नेपालका विभिन्न क्षेत्र, संस्कृति सामाजिक आर्थिक तहका मानिसहरूले अँगालेको बताउँदै सो कम्पनीले लेखेको पत्रमा उक्त प्लेटफर्म सूचना तथा शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरिएको दाबी गरेको

कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक  बन्द गर्ने निर्णय गरेको थियो

सम्बन्धित समाचार