२०८३ बैशाख ६ गते , आईतबार

टावर टेम्पल स्कुलका संचालक धिमालको निधन

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २९ गते , बुधबार
टावर टेम्पल स्कुलका संचालक धिमालको निधन

बिर्तामोड । झापा बिर्तामोड-५ सुब्बाचोक स्थित अक्कलबस्ती निवासी नरेशमान धिमालको निधन भएको छ ।
बिर्तामोडका पुराना बासिन्दा, शिक्षासेवी तथा समाजसेवी
धिमाल टावर टेम्पल स्कुलका  सञ्चालक हुन ।
६५ वर्षीय धिमाल आज बिहान घरमै अचानक लडेपछि अस्पताल लगिएको थियो ।
बिएन्डसी अस्पतालमा उनको उपचारकै क्रममा मध्यान्ह निधन भएको हो । चिकित्सकले धिमालको हृयदघातका कारण निधन भएको बताएका छन् ।
धिमाल समुदायका अग्रज उनी धिमाल जातीय विकास केन्द्रका संस्थापक थिए । उनी विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थामा सक्रिय थिए ।
स्वर्गीय धिमालका दुई छोरा राजीव र ज्योति तथा दुई छोरी रञ्जीता र सुनिता रहेका छन् ।

सम्बन्धित समाचार