२०८३ बैशाख ६ गते , आईतबार

टिकटक कुन कुन देशमा प्रतिबन्धित छ ? हेर्नुहोस सूची

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २८ गते , मंगलबार
टिकटक कुन कुन देशमा प्रतिबन्धित छ ? हेर्नुहोस सूची

बिर्तामोड सामाजिक सद्भाव पारिवारिक एकता कायम राख्न भन्दै सोमबार मन्त्रिपरिषदले टिकटक नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेको नेपालले गरेको यो निर्णयसँगै टिकटकमाथि प्रतिबन्ध लगाउने देशको सूची बढ्दै गएको

नेपाल लगायत अफगानिस्तान, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, युरोपियन युनियन, फ्रान्स, भारत, लाटभिया, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, पाकिस्तान, ताइवान, अमेरिका संयुक्त अधिराज्यले टिकटकको प्रयोगमाथि आंशिक वा पूर्ण रूपमा प्रतिबन्ध लगाएका छन्

अफगानिस्तानको तालिबान सरकारले आफ्ना जनतालाईभ्रममा पर्नबाट जोगाउन सन् २०२२ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो

अस्ट्रेलियाको सरकारले देशको गुप्तचर सुरक्षा निकायबाट सल्लाह लिएर टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो यस्तै बेल्जियमले आफ्नो साइबरसुरक्षा, गोपनीयता मिथ्या सूचनाको चिन्ताका कारण सरकारी फोनमा टिकटकलाई प्रतिबन्ध लगाएको हो

अमेरिका, ईयूपछि बेल्जियमले सरकारी फोनबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो भारतले पनि गोपनियता सुरक्षाका कारण देखाउँदै टिकटक विच्याटलगायत दर्जनौं चिनियाँ एपहरूमाथि राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो यस्तै अरू देशले पनि गलत सूचना, गोपनीयता सुरक्षाको विषय देखाउँदै टिकटकमाथि आफ्ना देशभित्र प्रतिबन्ध लगाएका छन्

सम्बन्धित समाचार