२०८३ बैशाख ५ गते , शनिबार

टिकटक नेपालमा आजैदेखि बन्द हुने

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २७ गते , सोमबार
टिकटक नेपालमा आजैदेखि बन्द हुने

बिर्तामोड । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको हो’, उनले भनिन्।
उनले उक्त निर्णय कार्यान्वयनमा लैजाने प्रक्रिया केही दिनमै सुरू हुने बताइन्।
‘आज निर्णयमात्रै भएको हो र यसलाई बन्द गर्न केके गर्नुपर्ने हो मन्त्रालयले प्रक्रियामा लैजान्छ’, उनले भनिन्।
टिकटक आजैदेखि बन्द हुने भएको छ।
प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गर्यौं’, उनले भने।
भारत, फ्रान्स, अफगानस्तान, बेल्जियम लगायत दर्जनौँ देशमा टिकटक बन्द छ । 

सम्बन्धित समाचार