२०८३ आश्विन १६ गते , शुक्रबार

तीन बालबालिकासहित चारजनाको हत्या प्रकरणमा संलग्न एक जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २४ गते , शुक्रबार
तीन बालबालिकासहित चारजनाको हत्या प्रकरणमा संलग्न एक जना पक्राउ

बिर्तामोड । मुगुको छायाँनाथ रारा नगरपालिकामा तीन जना बालबालिकासहित चारजनाको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । सामूहिक हत्यामा संलग्न रहेको आरोपमा मुगु छायाँनाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ ।

उनलाई प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । स्रोतका अनुसार शाही मृतकका आफन्त हुन् ।

हत्यामा उनीसँगै अर्का एकजनाको पनि संलग्नता रहेको प्रहरीको अनुमान छ । यसबारे अनुसन्धान गरिरहेको स्रोत बताउँछ ।

अनुसन्धानका लागि आइतबारमात्रै सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा एउटा टोली मुगु पुगेको थियो ।

कार्तिक १० मा मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, ९ वर्षीया अप्सरा र आठ महिनाका रहरको शव फेला परेको थियो ।

सम्बन्धित समाचार