२०८३ बैशाख ६ गते , आईतबार

पहिलोपटक झापामा डोरीतान प्रतियोगिता हुँदै

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २१ गते , मंगलबार
पहिलोपटक झापामा डोरीतान प्रतियोगिता हुँदै

बिर्तामोड झापामा पहिलोपटकजिल्ला स्तरीय डोरीतान आउटडोर च्याम्पियनसीप २०८० प्रतियोगिता हुने भएको आगामी २४ गते बिर्तामोडमा उक्त प्रतियोगिता हुन लागेको हो

झापा जिल्ला डोरीतान संघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो

संघकी अध्यक्ष युनिता दवाडीका अनुसार प्रथम जिल्लास्तरीय डोरीतान आउटडोर च्याम्पियनसिपमा १९ वटा टिमको सहभागिता रहनेछ प्रतियोगितामा झापामा १५ पालिका, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल नेपाल प्रहरीको टिम तथा आयोजकको एक टिमले प्रतिष्पर्धा गर्ने अध्यक्ष दवाडीले जानकारी दिइन्

बिर्तामोडको अनारमनी पब्लिक क्याम्पसको प्रांगणमा हुने प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार, ट्रफी, मेडल प्रमाणपत्र, उपविजेताले नगद २१ हजार, ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको प्रतियोगितामा रेफ्रि संघका कोषाध्यक्ष सन्तोष तामाङले निर्णायकको भूमिका निर्वाह गर्नेछन्  

पत्रकार सम्मेलनमा संघका केन्द्रीय उपाध्यक्ष डा. सुवासश्री पोखरेल, कोशी प्रदेश अध्यक्ष रिता न्यौपाने, उपाध्यक्ष हिमा पौडेल लगायतले पत्रकारको जिज्ञाशाको जवाफ दिएका थिए

प्रतियोगिता सम्बन्धित पालिकाको हुनुपर्ने खाली खुट्टा खेल खेलाइने अध्यक्ष दवाडीले जानकारी दिइन् अध्यक्ष दवाडीका अनुसार टीममा जना सहभागी हुने, ६४० केजी तौलमा खेल खेलाइने पुरुष सहभागी हुनेछन्

कार्यक्रमकै बिच आगामी नोभेम्बर का दिन बंगलादेशमा हुने प्रतियोगितामा सहभागी हुने रोशन ओझा, देवराज केसी, सुमन राजवंशी, मिलन अधिकारी, महेश चौधरी रमेश पोखरेललाई विदाई गरिएको थियो

सम्बन्धित समाचार