सहारा साकोसद्वारा नेफ्स्कुनका पूर्व अध्यक्ष प्रधानाङ्ग र पत्रकार न्यौपाने पुरस्कृत
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन)का पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्ग र पत्रकार सन्तोष न्यौपानेलाई पुरस्कृत गरेको छ ।
शनिबार बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित सहारा साकोसको २७औँ बार्षिक साधारण सभाको अन्तिम माइन्युट प्रमाणिकरण कार्यक्रमको अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको हो । सहाराले प्रत्येक दुई बर्षमा प्रदान गर्दै आएको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’बाट प्रधानाङ्ग पुरस्कृत भएका हुन् । उनलाई नगद १ लाख १ हजारसहित सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले प्रदान गरेका थिए । त्यस्तै सहारा सहकारी पत्रकार पुरस्कारबाट एभिन्युज झापाका संवाददाता न्यौपाने पुरस्कृत भएका थिए ।
उनलाई नगद २५ हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
सहाराले यस अघि १०६ स्थानमा इकाई भेला सम्पन्न गरी शनिबार अन्तिम माइन्युट प्रमाणिकरण कार्यक्रम गरेको जनाएको छ ।
साकोसले विज्ञप्तिमार्फत आगामी बर्षका लागि महत्वपूर्ण नयाँ कार्यक्रमहरु अगाडी सारेको जनाएको छ ।
हेर्नुहोस विज्ञप्ति

