२०८३ बैशाख ५ गते , शनिबार

मस्तिष्कघात भएका मेचीनगरका संजोगलाई आर्थिक सहयोग गरिदिन अपिल

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १५ गते , बुधबार
मस्तिष्कघात भएका मेचीनगरका संजोगलाई आर्थिक सहयोग गरिदिन अपिल

बिर्तामोड मस्तिष्क घातका कारण कठिन अवस्थामा उपचार गराइरहेका मेचीनगर१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरको उपचारमा आर्थिक अभाव भएको

गाउँघरमा मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न परिवारका उनलाई पन्ध्र दिन अघि कार्तिक गते उच्च रक्तचापका कारण घरमै मस्तिष्क घात भएको थियो त्यसपछि उपचारका लागि विर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो

अस्पतालका वरिष्ठ सुपरभाइजर दिपेश भट्टराईले संजोगको हालसम्मको उपचारको बक्यौता पाँच लाखभन्दा धेरै भइसकेको बताए हाल संजोगको आइसीयु कक्षमा उपचार भइरहेको छ । 

उनको टाउकाको शल्यक्रिया भइसकेको खर्च जुटाउने काम भइरहेको बताइएको अस्पतालले थापाको बाँकिमा उपचार गराइरहेको अस्पतालका सुपरभाइजर दिपेश भट्टराइले जानकारी दिए

मलेसियामा रोजगार गरेर गत वर्ष फर्किदा संजोग विरामी नै थिए उनको कलेजोमा समस्या देखिएको थियो भने उच्च रक्तचापको समस्या पनि थियो घर चलाउनै आर्थिक संकट परेपछि संजोगकी पत्नी लक्ष्मी थापा मगर दुई महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएकी छन् उनीहरुको बर्षकी छोरी वर्षका छोरा छन्

संजोगका बुवा राजेन्द्र थापा मगरको दाहिने हात खुट्टा प्यारालाइसिसका कारण चल्दैन उनी शारीरिक रुपमा अशक्त बनेका छन् आमा पनि विरामी नै छन्

घरको आर्थिक अवस्था ज्यादै दयनीय ,’ संजोगका भिनाजु थमबहादुर तामाङ भन्छन्–‘अहिलेसम्म ऋणपान आफन्त गुहारेर केही रकम अस्पतालमा डिपोजिट गरेका छौं अस्पताल व्यवस्थापनले अरु पैसा जम्मा नगरी उपचार अघि बढाउन गाह्रो हुन्छ, छिटो पैसा खोजेर ल्याउनु पर्यो भनिरहेका छन् हामीसँग पैसा निकाल्ने अब कुनै उपाय बाँकी छैन

संजोगका बुवा राजेन्द्र थापा आमा दिलमाया थापाले अस्पताल परिसरमै आज दिउँसो पत्रकारहरुसँगको भेटमा उपचारका लागि आर्थिक सहयोग गरेर आफ्नो छोरालाई बचाइदिन सार्वजनिक आह्वान गरेका छन् आमा दिलमाया थापा मगरले भनेकी छन्–‘बुढेशकालको सहारा बन्ला भनेको छोरा बिरामी पर्यो दया गरेर सहयोग गरिदिए उसको प्राण बच्ने थियो

बीएण्डसी अस्पतालको न्यूरोलोजी विभागले संजोगको ब्रेन हेमरेज लिभर रोगको उपचार भइरहेको जनाएको

मेचीनगर१० का डेभिड शिवाकोटीले संजोगलाई बचाउन गाउँमा चन्दा संकलन अभियान सुरु गरिएको जानकारी दिए ज्यालादारी काम गर्दै आएका संजोगको परिवारको अन्य आयस्रोत नभएकाले सबैसँग आर्थिक सहयोगका लागि अपिल समेत गरिएको शिवाकोटीले बताएका छन्

संजोग बचाउ अभियानमार्फत उपचार सहयोग जुटाउन संजोगका भिनाजु थमबहादुर तामाङको नाममा ग्लोबल आइएमई बैंक धुलाबारी शाखामा बचत खाता खोलिएको इच्छुक दाताहरुले सोही बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने स्थानीय सांगे शेर्पाले बताए

बैंक खाताको विवरण :

बैंक : ग्लोबल आइएमई बैंक, धुलाबारी शाखा

खातावालाको नाम : थमबहादुर तामाङ

खाता नं= ०२३०७०१०१२४९५९

सम्बन्धित समाचार