२०८३ बैशाख ६ गते , आईतबार
डिजेल र मट्टीतेलको मूल्य घट्यो
बिर्तामोड । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने उनले बताए ।
निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको छ,’ ठाकुरले भने, ‘अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा डिजेल र मट्टीतेलको मूल्य १६१=५० रुपैँया कायम भएको छ ।’
आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।