२०८३ आश्विन १६ गते , शुक्रबार

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले आज संयुक्त संसदमा सम्बोधन गर्दै

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १४ गते , मंगलबार
संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले आज संयुक्त संसदमा सम्बोधन गर्दै

काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज नेपालको संघीय संसदमा सम्बोधन गर्दैछन् । आइतबार तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका उनले आज ४ बजे संसदमा सम्बोधन गर्न लागेका हुन ।

महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ ।

महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको निरीक्षण गरेका थिए ।

सभामुख घिमिरेले यसअघि नै सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने ४ बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्न सांसदहरूलाई निर्देशन दिइसकेका छन् ।

गुटेरेसले सम्बोधन गर्ने भएकोले आजको संसदमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि संसदमा उपस्थितिका लागि निमनत्रणा दिइएको छ ।

आइतबार बिहान नेपाल आइपुगेका महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर लुम्बिनीको अवलोकन सकेर संसदलाई सम्बोधन गर्न आइपुग्ने कार्यक्रम छ ।

महासचिव गुटेरेस बुधबार फर्किनेछन् ।

सम्बन्धित समाचार