२०८३ बैशाख ५ गते , शनिबार

इजरायल–हमास युद्ध विरामका लागि संयुक्त राष्ट्रसंघमा बहुमत

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ११ गते , शनिबार
इजरायल–हमास युद्ध विरामका लागि संयुक्त राष्ट्रसंघमा बहुमत

न्युयोर्क संयुक्त राष्ट्रसंघको महासभामा इजरायलहमास युद्ध रोक्ने प्रस्ताव पारित भएको जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको यो प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए

भारतसहित ४५ देशले मतदान गरेनन् इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्यो

न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताए उनले भने, ‘इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार यो अधिकार प्राप्ति भनेको त्यस्ता अत्याचारहरू कहिल्यै दोहोरिन नपरोस् भन्ने सुनिश्चित गर्नु हो यो तब मात्र सुनिश्चित हुनेछ जब हमास पूर्ण रूपमा समाप्त हुन्छ

उता इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको स्थलगत परिचालन पनि बढाइएको आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरुद्ध भएको भने इन्टरनेट पनि बन्द गरिएको करिब २३ लाख मानिस संसारबाट सम्पर्क विच्छेद भएका छन्

यसैबिच, सेनालाई उद्धृत गर्दै इजरायली मिडिया क्यानले हमासको बन्दीमा सयभन्दा बढी बन्धक रहेको बताएको जसमध्ये ३० जना बालबालिका रहेका छन्

सम्बन्धित समाचार