२०८३ बैशाख ६ गते , आईतबार

नेपाली युवकको हत्या गरेको आरोपमा दुईजना भारतीय पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १० गते , शुक्रबार
नेपाली युवकको हत्या गरेको आरोपमा दुईजना भारतीय पक्राउ

महोत्तरी नेपाली युवकको हत्या गरेको आरोपमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् कात्तिक गते बेलुका महोत्तरीको पिपरा गाउँपालिका हरदिया टोल बस्ने राजनारायण पासमानको १९ वर्षीय छोरा आशिक पासमान मृत भेटिएका थिए

पासमानको शव स्थानीय जगदीश साहको खेतमा फेला परेको थियो सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो

भारतको मधुवनी जिल्ला साहरघाटनिवासी १९ वर्षीय दीपक मल्लिक सोही ठाउँ निवासी १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरिले जानकारी दिए

आरोपी युवाहरू पिपरा गाउँपालिका स्थित आफ्नो मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए। घाँटीमा लगाउने चेनको विषयमा विवाद हुँदा हत्या गरेको आरोपीले स्विकारेको प्रवक्ता गिरीले बताए  

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार