२०८३ आश्विन १६ गते , शुक्रबार

बिर्तामोडका अधिकांशमा बैंकमा छैन नयाँ नोट

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १ गते , बुधबार
बिर्तामोडका अधिकांशमा बैंकमा छैन नयाँ नोट

बिर्तामोड । नेपाल राष्ट्र बैंंकले असोज २९ गतेदेखि नयाँ नोट साट्न पाइने बताएपनि बिर्तामोडका अधिकांश बैंकले नयाँ नोट बाँडेका छैनन् । राष्ट्र बैंकले नयाँ नोट उपलब्ध नगराएका कारण बाँड्न नसकिएको उनीहरुको भनाई छ ।

असोज २१ गते आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले हिजोबाट नयाँ नोट साट्न पाइने बताएपनि अन्य बैंकहरुले पर्याप्त मात्रामा नोट नपाएका कारण बाँड्न नसकिएको बताएका छन् । ‘बैंकमा अत्यन्तै कम नोट आएको छ,’ लक्ष्मी सनराइज बैंक बिर्तामोडका शाखा प्रमुख गणेश गुरागाईले भने, ‘ग्राहकहरुको आवश्यकता अनुसार बाँड्न सक्ने अवस्था छैन ।’

नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालय विराटनगरले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउँदै आएको छ । तर, दिनभर लाइन बस्दापनि पर्याप्त नोट नपाउने गरेको बैंकका कर्मचारीहरु बताउँछन् ।

ग्लोबल आइएमइ बैंक बिर्तामोडका शाखा प्रमुख पवनकुमार पौडेलले आफुहरुले नयाँ नोट नपाएको र भोलि थाहा हुने बताए । बैंकको २२ हजार ग्राहक रहेको र सबैलाई बाँड्न पुग्ने गरी राष्ट्र बैंकले नोट दिए ल्याउने नत्र नल्याउने उनले बताए ।

 

सम्बन्धित समाचार