२०८३ आश्विन १६ गते , शुक्रबार

धरमपुर साकोसले गर्यो १३ जनालाई सहयोग, सम्मान र पुरस्कृत

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २८ गते , आईतबार
धरमपुर साकोसले गर्यो १३ जनालाई सहयोग, सम्मान र पुरस्कृत

धरमपुर । धरमपुर बचत तथा ऋण सहकारी संस्थाले शनिबार क्यान्सरसँग जुधिरहेका दुईजना सेयर  सदस्यसहित १२ जना बढीलाई सहयोग, सम्मान र पुरस्कृत गरेको छ । झापाको शिवसताक्षी–१ मा रहेको संस्थाले १४औँ वार्षिक साधारणसभामा उनीहरूलाई सहयोग, सम्मान र पुरस्कृत गरेको हो ।

संस्थाले क्यान्सर पीडित सदस्यद्वय इन्द्रबहादुर कटुवाल र निर्मला घिमिरेलाई राहत रकम उपलब्ध गराएको संस्थाका व्यवस्थापक विनोद ढकालले बताए ।

संस्थाले पत्रकार विनोद सापकोटालाई पुरस्कृत गरेको छ । संस्थाको कार्यक्षेत्र भित्रका पत्रकारलाई पुरस्कृत गर्ने नीति अनुरुप सापकोटा पुरस्कृत भएका हुन् ।

त्यसैगरी संस्थाले एसइईमा उत्कृष्ट अंक ल्याउने सदस्यका सन्तान मध्येबाट समीर ढकाल, प्रवीता श्रेष्ठ र नाजनी खड्कालाई पुरस्कृत गरेको हो । 

४६३ जना सेयर सदस्य र वासलात ७ करोड ३८ लाख ८६ हजार ८६४ रुपैयाँ वासलात रहेको संस्थाले उत्कृष्ट उद्यमीतर्फ सेयर सदस्य प्रेमप्रसाद पोखरेल, उत्कृष्ट बचतकर्तातर्फ भावना कार्की, सर्नमकुमार तामाङ, पुण्यप्रसाद खड्का, गोमा कुमारी सेजवाल श्रेष्ठलाई सम्मान गरेको छ ।

उत्कृष्ट ऋणीतर्फ बविता कार्की पाण्डे, विरेन राई, मञ्जु कार्की र  सुन्दरबहादुर रायलाई सम्मान व्यवस्थापक ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार