२०८३ बैशाख ६ गते , आईतबार

बीपी प्रतिष्ठान उपमहानगरमातहत सञ्चालन गर्न धरानका मेयर राईको माग

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २३ गते , मंगलबार
बीपी प्रतिष्ठान उपमहानगरमातहत सञ्चालन गर्न धरानका मेयर राईको माग

बिर्तामोड धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरान उपमहानगरपालिकाको मातहतमा सञ्चालनको अनुमति दिन माग गरेका छन्

प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै राईले प्रतिष्ठानलाई धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरी उपमहानगरपालिकाको मातहतमा सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गहनाको रुपमा रहेकाले प्रतिष्ठानबाट प्राप्त हुने सेवा नगरपालिकासँग प्रत्यक्ष सरोकार राख्ने भएको हुँदा प्रतिष्ठानमा आएका समस्याहरु समाधान गर्न सम्बन्धित माथिल्लो निकायबाट तुरुन्तै आवश्यक कदम चाली विद्यमान समस्याहरु हल गर्न अनुरोध गर्दछौं,’ पत्रमा भनिएको , ‘अन्यथा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरी उपमहानगरपालिकाको मातहतमा सञ्चालन गर्ने व्यवस्थाका लागि जोडदार माग गर्दछौं

साथै मेयर राईले  विभिन्न मागहरु राखि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी विद्यार्थीहरुले पटक पटक आन्दोलनको कार्यक्रमहरु तय गरी स्वास्थ्य संस्थामा भईरहेको आन्दोलनले  बिरामीहरु समस्यामा परी उपचारबाट बन्चित भइरहेको बताएका छन्

सम्बन्धित समाचार