२०८३ बैशाख ५ गते , शनिबार

हमासको आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २२ गते , सोमबार
हमासको आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु

एजेन्सी इजरायलमा शनिबार भएको आक्रमणमा परी १० जना नेपाली मारिएका छन् आतंकवादी समूह हमासको आक्रमबाट उनीहरुको मृत्यु भएको तेल अविवस्थित नेपाली दूतावासले औपचारिक रुपमा पुष्टि गरेको हो

राजदूत कान्ता रेग्मीले शनिबारको घटनामा गोली लागेका १० नेपालीको मृत्यु भएको पुष्टि गरिन् उनले अझै जना नेपाली सम्पर्कमा नरहेको  बताइन्

उनका अनुसार दुई जना खतरामुक्त रहेका छन् भने दुई जनाको अस्पतालमा उपचार भइरहेको अन्य दुई जना भने प्रहरीको सम्पर्कमा रहेका छन् समयमा उपचार नपाएकै कारण गोली लागेका उनीहरुको मृत्यु हुन पुगेको आशंका गरिएको

इजरायलको दक्षिणी क्षेत्र किवुज  अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा नेपाली हताहती भएका हुन्   मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो गोली लागेपनि उनीहरुले समयमा उपचार पाएका थिएनन्

नेपाली समय अनुसार शनिबार बिहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको थियो   हालसम्म सो आक्रमणबाट नेपालीबाहेक सयौँको संख्यामा मृत्यु घाइते भएका तथा केही मानिसहरुलाई हमास समूहले अपहरण तथा बन्धक बनाएको बताइएको सो क्षेत्रमा हवाई, जल स्थलमार्गबाट प्यालेस्टाइनमा अवस्थित हमास समुहका लडाकुहरु प्रवेश गरी आकस्मिक तवरले आक्रमण गर्ने एवं बन्धक बनाउने लगायतका गतिविधिहरु भएको जनाइएको

इजरायलमा भएको सो आक्रमण दशकौंपछिको ठूलो स्केलको रहेको हो एनआरएनएका पूर्वअध्यक्ष दीपक ओलीले पनि आफू इजरायल बस्न थालेको १८ वर्ष भइसकेको तर यसखालको आक्रमण आफूले कहिल्यै थाहा नपाएको बताए उनी निरन्तर दूतावास सो क्षेत्रको वस्तुस्थितिबारे अपडेटमा रहँदै आएका छन्

इजरायलमा हाल ४५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारकोलर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत गएका थिए यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए

यी मध्ये सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका उनीहरु नै आक्रमणमा परेका हुन्   मृत्यु भएकाहरुको विवरण औपचारिक रुपमा परराष्ट्र मन्त्रालयमार्फत उलब्ध गराइने दूतावासले जनाएको

सम्बन्धित समाचार