२०८३ बैशाख ५ गते , शनिबार

हमासको आक्रमणमा परि इजरायलमा सात कृषि विद्यार्थी घाइते

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २० गते , शनिबार
हमासको आक्रमणमा परि इजरायलमा सात कृषि विद्यार्थी घाइते

बिर्तामोड प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा परि जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन् दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् उनीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए

हर्जेलियामा रहेका इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आक्रमणमा परी जना विद्यार्थी घाइते भएको पुष्टि गरिन् त्यस्तै उनले सोही कृषि फार्मको आवासमा रहेका घाइते सहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको बताइन्

नेपालीहरूको अवस्थाबारे इजरायली परराष्ट्र मन्त्रालय उद्धार टोलीलाई खबर गरिसकेका छौँ आक्रमण जारी रहेकाले विद्यार्थीहरूलाई सतर्क रहन आग्रह गरेका छौँ विद्यार्थीहरूसँग नियमित सम्पर्क भइराखेको ,’ उनले भनिन्

विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भइरहेको समेत उनले बताइन् १७ जना कृषि फार्मको आवासभित्र छन् उनीहरू बसेको घरबाहिर हतियारधारी हमासको समूहले घेरा हालेर राखेको ,’ राजदूत रिजालले भनिन् आफूहरू पनि कफ्र्यु लागेका कारण निवासबाट बाहिर निस्किन सक्ने अवस्था नरहेको उनले बताइन्

सम्बन्धित समाचार