२०८३ आश्विन १६ गते , शुक्रबार

ठगी आरोपमा शिवनारायण सिंह पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १६ गते , मंगलबार
ठगी आरोपमा शिवनारायण सिंह पक्राउ

बिर्तामोड । मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने दमकका एक व्यक्ति पक्राउ परेका छन् । दमक नगरपालिका वडा नं. ५ क्याम्पस मोड बस्ने ३८ बर्षीय शिवनारायण सिंह पक्राउ परेका हुन् ।

गत असार २६ गते राति ११:३० बजेको समयमा दमक नगरपालिका वडा नं. २ बाट २७ बर्षीय तिलकराम खवासको कोठाबाट दिपक साह, रेशम गौतम र तिलकराम खवास ब्राउनसुगरसहित पक्राउ परेका थिए ।

उनीहरुलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको अवस्थामा प्रतिवादी साहका आफन्तलाई मुद्धा मिलाई दिन्छु भनी सिंहले एक लाख रुपैयाँ लिएका थिए । पीडित पक्षले ईलाका प्रहरी कार्यालय दमकमा जानकारी गराउनासाथ खटिएको प्रहरी टोलीले सोमवार सिंहलाई दमक बजारबाट नियन्त्रणमा लिई ठगी मुद्धामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार