२०८३ बैशाख ६ गते , आईतबार

नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने

sajilo news
परिवेश मिडिया
२०८० आश्विन ९ गते , मंगलबार
नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने

काठमाण्डौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् ।

मंगलवार नेपाल एलपि ग्याँस उद्योग संघको २८औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् । उनले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए ।

उनले कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणको लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको जिकिर गरे । उनले सर्वसाधारण जनता समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए ।

मुलुकको अर्थतन्त्रमा टेवा र्पुयाउने हिसावले नेपाल आयल निगमले वि.सं. २०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार