२०८३ बैशाख ६ गते , आईतबार

यी ४ प्राणायाम जसले मुटुको व्लकेज हुनबाट जोगाउँछ

sajilo news
परिवेश मिडिया
२०८० आश्विन ८ गते , सोमबार
यी ४ प्राणायाम जसले मुटुको व्लकेज हुनबाट जोगाउँछ

केही वर्षयता बढ्दो मुटुसम्बन्धी रोगले विश्वव्यापी रुपमै चिन्ता बढाइरहेको छ । मुटुरोग अब उमेर बढेपछि हुने समस्या मात्र हो भन्न सकिने अवस्था रहेन । किनकि वृद्ध उमेरमा मात्र होइन युवाहरूमा पनि हृदयरोगको जोखिम बढेको छ । ४० वर्षमुनिका युवासमेत हार्ट ब्लकेजजस्ता मुटुरोगको सिकार भइरहेका छन् ।

त्यसैले अब रोगलाई बढ्दो उमेरसँग जोड्न सकिंदैन, बरु जतिसक्दो चाँडो स्वस्थ हुने आयामहरु पहिचान गरी रोग लाग्न नदिने स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्छ । स्वस्थ जीवनशैलीसँगै योग गर्नाले सम्पूर्ण शरीर स्वस्थ र खुसी हुन्छ । जब तन र मन दुवै खुसी रहन्छ तब दीर्घरोग कम लाग्ने विज्ञहरुको मत छ ।

तनाव र शारीरिक क्रियाकलापमा कमीका कारण कोलेस्टेरोल, मोटोपन, मधुमेह र रक्तचापको समस्या अहिले सामान्य सोच्न थालिएको छ । यस्ता दीर्घरोगले हार्ट ब्लकेजको समस्या हुने सम्भावना अधिक हुन्छ ।

हार्ट ब्लकेजमुटुको धड्कन नियन्त्रण गर्ने विद्युतीय संकेतहरू आंशिक वा पूर्ण रूपमा अवरुद्ध भई धड्कनको चालमा असर पर्ने अवस्था हो । यस्तो हुँदा मुटुले शरीरमा रगत सही तरिकाले र्पुयाउन सक्दैन । र, हृदयघातको जोखिम हुन सक्छ । यस्तोमा मुटुसम्बन्धी समस्या हुन नदिन र भएमा जोखिम कम गर्न केही प्राणायाम प्रभावकारी मानिन्छ ।

अनुलोमविलोम

मुटु स्वस्थ राख्न सबैभन्दा प्रभावकारी प्राणायाममध्ये अनुलोमविलोम एक हो । अनुलोमविलोममा एउटा नाकबाट सास फेरेपछि अर्को नाकबाट सास लिने गरिन्छ । यसको नियमित अभ्यासले तनाव कम गर्छ । अनुलोमविलोमले हार्ट ब्लकेजकम गर्न मद्दत गर्छ ।

कसरी गर्ने <

– सबैभन्दा पहिला म्याटमा आरामसँग बस्ने ।

– दाहिने औंलाले आफ्नो दाहिने नाकको प्वाल बन्द गर्ने र देब्रे नाकबाट गहिरो सास लिने

– त्यसपछि औंलाले बायाँ नाकको प्वाल बन्द गरी दाहिने नाकको प्वाल छोड्ने ।

– दाहिने नाकको प्वालबाट गहिरो सास छोड्ने र पुनः लिने ।

– दायाँ नाकको प्वाल बन्द गर्ने र बायाँ नाकबाट सास छोड्ने ।

– अब बायाँ नाकको प्वालबाट पूरै सास छोड्ने ।

– यसले अनुलोमविलोमको एक चक्र पूरा हुन्छ । यसलाई १०१५  मिनेटसम्म दोर्होयाउने ।

भ्रामरी प्राणायाम

भ्रामरी प्राणायाममा मौरीको जस्तो आवाज निकालेर गुन्गुनाइन्छ । यो अभ्यासले तनाव कम गरी दिमागलाई शान्त बनाउँछ । भ्रामरी प्राणायामले शरीरमा अत्यधिक अक्सिजन र्पुयाउन मद्दत गर्छ र रक्तसञ्चार  सुधार गर्न सक्छ, जसले मुटुको स्वस्थता कायम राख्छ ।

कसरी गर्ने <

– आँखा बन्द गरेर आरामदायी स्थितिमा बस्ने ।

– यसपछि बुढी औंलाले कान बन्द गरी र माथिल्लो दुई औंला निधारमा र अर्को दुई औंला आँखामा राख्ने ।

– नाकमार्फत गहिरो सास लिने ।

– सास फेर्दा घाँटीबाट मौरी झैं आवाज निकाल्ने ।

– यसले शरीरमा कम्पन पैदा गर्छ, जसले रक्तसञ्चारमा सुधार गर्छ ।

– यो अभ्यास पाँचदेखि सात पटक दोर्होयाउने ।

उज्जयी प्राणायाम

उज्जयी प्राणायामले दिमाग र शरीरलाई अक्सिजन प्रदान गर्छ । जसले  मन शान्त गराई तनाव, चिन्ता र उच्च रक्तचापको समस्याबाट राहत दिन्छ । यसले मुटुमा अक्सिजनको मात्रा बढाउँछ ।

कसरी गर्ने <

– उज्जय प्राणायामका लागि आफ्नो मेरुदण्ड सीधा राखेर बस्नुपर्छ ।

– घाँटीबाट आवाज निकाल्दै गहिरो सास लिने ।

– यसपछि चिउँडोलाई घाँटीमा अड्याउने र श्वास छोड्ने ।

– यो आसन पाँचदेखि १० मिनेटसम्म गर्न सक्नुहुन्छ ।

कपालभाँती प्राणायाम

कपालभाँतीले शरीरभित्र शुद्ध अक्सिजन र्पुयाउँछ । फोक्सो र मुटुको कार्य क्षमतालाई बलियो बनाउँछ । शरीरमा पर्याप्त अक्सिजन भएपछि रक्त प्रवाहमा समेत सहज हुन्छ । मनलाई शान्त तुल्याउँछ ।

कपालभाँती प्राणायाम सबै प्राणायामका विधि गरेपछि अन्त्यमा कपालभाँती गर्नुपर्छ । प्राणायाममा यो सबैभन्दा प्रभावकारी मानिन्छ ।

कसरी गर्ने <

– सहज रूपमा कुनै एक ध्यान आसनमा बस्ने ।

– दुवै नाकबाट श्वास बाहिर फाल्न केन्द्रित हुने ।

– श्वास बाहिर फाल्ने क्रममा पेटभित्र, मलद्वार तथा मूत्रद्वार संकुचन हुनुपर्छ ।

– एक सेकेन्डमा एकपटकको गति बढाउने ।

यस क्रममा के कुरा ध्यान दिनुपर्छ भने सास बाहिर निकाल्ने मात्र हो, भित्र तान्नु पर्दैन । किनभने यो क्रियामा स्वतः सास भित्र प्रवेश गर्छ ।

यद्यपि मुटुसम्बन्धी समस्या आउन नदिन प्राणायाम मात्र गरेर हुँदैन । यससँगै  खानपानमा नियन्त्रण, दीर्घरोग भएकाले नियमित स्वास्थ्य परीक्षण गर्ने, राति ८ घण्टा सुत्ने, पर्याप्त पानी पिउने, मदिरापान तथा धुम्रपान नगर्ने, शारीरिक श्रम गर्नेतनाव व्यवस्थापन र योग अभ्यासलाई पनि प्राथमिकता दिए मात्र शरीर स्वस्थ रहन सक्छ ।

सम्बन्धित समाचार