२०८३ बैशाख ६ गते , आईतबार

राहत शिक्षकको आन्दोलन जारी

sajilo news
परिवेश मिडिया
२०८० आश्विन ६ गते , शनिबार
राहत शिक्षकको आन्दोलन जारी

बिर्तामोड । विद्यालय शिक्षासम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८०सरकारले संसदमा पेश गरेसँगै १८ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको शिक्षक महासंघ र सरकारबीच शुक्रबार साँझ ६ बुँदे सहमति भएपनि राहत शिक्षकहरूले त्यसमा असहमति जनाएका छन् । उनीहरुले आफ्नो आन्दोलन जारी नै राखेका छन् ।

सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै शनिबार काठमाण्डौको बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

राहत शिक्षकसँगै, बाल शिक्षक, विद्यालय कर्मचारीहरूको माग सम्बोधन नभएको भन्दै उनीहरू प्रदर्शनमा छन् ।

शुक्रबार सरकारले शिक्षक महासंघसँग ६ बुँदे सहमति गरेको थियो । यो सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै आफूहरूको माग सम्बोधन नभएको बताएका थिए ।

शिक्षक महासंघले सबै जिल्लाबाट शिक्षकहरूलाई काठमाण्डौमा उतारेर राहत शिक्षकहरूका माग सम्बोधन नगरेकोमा गुनासो समेत गरेका छन् ।

सरकारले शिक्षक कर्मचारीहरूलाई गुमराहमा राखेको र झारो टार्न यो सहमति गरेको भन्दै राहत शिक्षकले आपत्ति जनाएको छ । राहत शिक्षकको व्यवस्थापनको लागि परीक्षाको व्यवस्था गर्नुपर्ने माग उनीहरुले गरेका छन् । पेन्सनबाट वञ्चित गराएको, विद्यालय कर्मचारीहरूको बारेमा कुनै कुरा नराखेको विषयमा शिक्षकहरू आन्दोलित छन् ।

सम्बन्धित समाचार