बिर्तामोडको भाटभटेनी आजदेखि सञ्चालनमा आउँदै
बिर्तामोड । देश कै ठूलो चेन सुपरस्टोर भाटभटेनी आजदेखि झापाको बिर्तामोडमा सञ्चालनमा आउँदैछ । भाटभटेनीले आफ्नो २६औँ स्टोर बुधबारबाट बिर्तामोडमा सञ्चालनमा ल्याउन लागेको हो ।
भाटभटेनीले विश्व आर्थिकमन्दीका बिच सयौँ युवायुवतीलाई रोजगार दिँदै आफ्नो सेवा विस्तार गरिरहेको छ ।
पूर्वकै प्रमुख व्यापारिक शहर बिर्तामोडको भगवान चोकमा स्टोर संचालनमा आउन लागेको हो । बिर्तामोडमा सञ्चालनमा आउने यो स्टोर करिब २ लाख ५० हजार स्क्वायर फुट सपिङ्ग स्पेस सहित १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।
२ अर्ब बढी लागानीमा सञ्चालनमा आउने यो स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो हो । यस अघि कोशी प्रदेशको धरान, बिराटनगर तथा इटहरीमा भाटभटेनीले स्टोर सञ्चलनमा ल्याइसेको छ । स्वदेशी तथा बिदेशी ब्राण्डका उच्च गुणस्तरका सामानहरु पाईने यस सुपर स्टोरमा झापा जिल्ला सहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सिमावर्ती शहरबाट समेत ग्राहकहरु किनमेलकालागि आउने विश्वास भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको रहेको छ ।
नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्य सहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउँछन ।
देशमा व्याप्त आर्थिक मन्दीका कारण ब्यापार ब्यवसायमा निरासा छाएको बेला भाटभटेनीको सञ्चालनले पूर्वी नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ । भाटभटेनीको स्थापनाले बिर्तामोड लगायत पूर्वी नेपालकै आर्थिक तथा पर्यटकीय गतिविधी समेत बढ्ने देखिन्छ ।
उपभोक्ता लाई बजार मूल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामाग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामानको मूल्य र गुणस्तरमा ग्राहक ठगीन नपर्ने हुँदा भाटभटेनी यस क्षेत्रका उपभोक्ताको शपिङका लागि पहिलो रोजाई बन्ने क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बताए ।
भाटभटेनी व्यवसाय मात्र नभै रोजगारी आभियान पनि रहेकोहुदाँ हाल सम्म करीव दश हजार बढीले प्रतक्ष रोजगारी प्राप्त गरेको र यो स्टोरमा पनि यस क्षेत्रका करिब तीन सय स्थानीयले रोजगर प्रप्त गरेको अध्यक्ष गुरुङ बताउँछन ।
उद्घाटनका आवसरमा ग्राहकलाई ईलेक्ट्रोनिक्स आइटममा २० प्रतिशत र अन्य सामानको खरिदमा १० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको स्टोरका चिफ अपरेसन म्यानेजर पानु पौडेलले बताए ।
यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किड्सजोन तथा स्केट पार्क लगायतका सुविधाहरु रहने भाटभटेनीले जनाएको छ । झापाको दमकमा समेत आगामी बैशाख सम्ममा २७ औँ स्टोर संचालनमा ल्याउने तयारी गरेको भाटभटेनीले जनाएको छ ।