२०८३ बैशाख ६ गते , आईतबार

कोशीमा बजेटसम्बन्धि अध्यादेश जारी, बजेट शून्यको अवस्था अन्त्य

sajilo news
परिवेश मिडिया
२०८० भाद्र २५ गते , सोमबार
कोशीमा बजेटसम्बन्धि अध्यादेश जारी, बजेट शून्यको अवस्था अन्त्य

विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धि अध्यादेश जारी गरेको छ ।

पुनः मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।

सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश  प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए ।

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यको अवस्था थियो । पुनः अध्यादेश जारी भएसँगै बजेट शून्यको अवस्था सकिएको छ ।

सम्बन्धित समाचार