२०८३ बैशाख ६ गते , आईतबार
अनमोल र खपांगीले शुरु गरे नारी संसार
बिर्तामोड । बिर्तामोडको मेगा कम्प्लेक्समा नारी संसारको आज औपचारिक उद्घाटन भएको छ ।
संचारकर्मी लिला अनमोल तथा व्यवसायी योगिता खपांगीको संयुक्त लगानीमा महिलाहरुको महान चाड तीजलाई लक्षित गरि महिला दिदीबहिनीहरुका लागि फेन्सी साडी, कुर्ता सेट, वनपिस, कुर्ती, टप्स, टिसर्ट, जिन्सका बिभिन्न आइटम,जुम्बा सेट, फिटनेस सेट, स्विम सुट लगायत लेडिज आइटमहरु बिक्री गरिने संचालक लिला अनमोलले जानकारी दिइन । नारी संसारको उद्योग बाणिज्य संघ विर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटीले उद्घाटन गरेका थिए । उद्घाटनको अवसरमा तीन दिन ग्राहकहरुलाई विशेष छुटको समेत व्यवस्था गरिएको अर्का संचालक योगिता खपांगीले जानकारी दिईन ।