नेल्टा कोशी प्रदेशको अध्यक्षमा नेपाल र बरिष्ठ उपाध्यक्षमा भट्टराई चयन
बिर्तामोड । अंग्रेजी शिक्षकहरूको संस्था नेपाल ईंग्लिश ल्यांग्वेज टिचर्स एशोसिएसन (नेल्टा) कोशी प्रदेशको शनिबार सुनसरीको इटहरीमा सम्पन्न साधारणसभाले नयाँ नेतृत्व निर्वाचित गरेको छ ।
नवनिर्वाचित समितिको अध्यक्षमा गुणराज नेपाल मोरङ, बरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई झापा, उपाध्यक्ष चेतनाथ निरौला सुनसरी, महासचिव रबिन बराल सुनसरी, सचिव शंकर देवान मोरङ, सदस्य सचिव गोबिन्द पुरी सुनसरी र कोषाध्यक्ष कमलराज दाहाल रहेका छन् ।
यसैगरी सदस्यहरुमा राजेन्द्र बराल, पदम सेन, टिका सुबेदी, कृष्णकुमार खत्री, डा. ओम प्रकाश सिंह, नारायण सुवेदी, रुद्र दाहाललगायत रहेका छन् ।
नेल्टाकी केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान, केन्द्रीय सल्लाहकार तथा पूर्व अध्यक्ष हेमन्तराज दाहाल, रेलो अफिसर रोजर कोहेन, रेलो स्पेसलिस्ट बिश्वराज गौतम, गोबिन्द पुरी र उषाकिरण वाग्ले ले आ–आफ्नो पेपर प्रस्तुत गरेका थिए ।
नेल्टाका कोशी प्रदेश अध्यक्ष नरप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश शिक्षा निर्देशक कृष्ण प्रसाद पोखरेलले शिक्षा क्षेत्रमा नेल्टाले पुर्याएको योगदानको चर्चा गर्दै मन्त्रालय सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
इटहरीस्थित सुष्मा कलेजमा भएको कार्यक्रममा कोशी प्रदेशका ७ वटा जिल्लाका करिब चार सय अंग्रेजी शिक्षक सहभागी थिए । कार्यक्रममा सहभागीहरुलाई नेल्टा मोरङका अध्यक्ष गुणराज नेपालले स्वागत गरेका थिए भने महासचिव चेतनाथ निरौलाले कार्यक्रम संचालन गरेका थिए । सोही अवसरमा कोशी प्रदेशको पहिलो नेल्टा जर्नल को लोकार्पण गरिएको थियो ।