२०८३ बैशाख ६ गते , आईतबार

बार्षिकोत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १४ गते , विहीबार
बार्षिकोत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

बिर्तामोड । बिर्तामोडस्थित बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरले निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सेन्टरले सातौ बर्षमा प्रबेश गरेको अवसरमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान आयोजना गरेको हो  ।
स्वास्थ्य शिविरमा हाडजोर्नी, नसा तथा प्यारालाइसिस, पाइल्स, ग्यास्ट्रीक, कब्जियत, सुगर, कोलेस्ट्रोल, थाइराइड, महिलाका समस्या आदिको चेकजाँच गरिएको फिजियोथेरापिस्ट डा. भगवान साहले जानकारी दिए ।
वार्षिकोत्सवका अवसरमा ४० जना भन्दाबढिको स्वास्थ्य जाँच गरिएको बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरका संचालक नर्वदा भट्टराईले जानकारी दिइन । कार्यक्रममा ल्याबमा १० प्रतिशत , फिजियोथेरापीमा१५ प्रतिशत, क्षारसुत्रमा १० प्रतिशत र औषधिमा ५ प्रतिशत  छुट गरिएको अर्का संचालक कमल रिजालले जानकारी दिए ।
डा. बिनय प्रधान र डा.भगवान साहको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । रक्तदान नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा भएको र १५ पिन्ट रगत संकलन भएको संचालक भट्टराईले जानकारी दिइन ।

सम्बन्धित समाचार