२०८३ बैशाख ५ गते , शनिबार

हिमालयनका अभिकर्तालाई माछापुच्छ्रेको वित्तीय साक्षरता

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १ गते , शुक्रबार
हिमालयनका अभिकर्तालाई माछापुच्छ्रेको वित्तीय साक्षरता

बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुलाई वित्तीय साक्षरता कक्षा संचालन गरिएको छ । ट्रष्ट टीम नेपालको परिकल्पना र माछापुच्छ्रे बैंक बिर्तामोड शाखासँगको सहकार्यमा कक्षा संचालन गरिएको हो ।
कार्यक्रममा माछापुच्छ्रे बैंकका बिर्तामोड शाखा प्रमुख हिमाल रिजाल र क्रेडिट अफिसर मनिष अधिकारीले सहजीकरण गरेका थिए ।
बैंकिङ्ग क्षेत्रमा प्रविधिको प्रयोगको साथै कमाई वृद्धिका लागि के कस्ता क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बिषयमा  कार्यक्रममा जानकारी दिइएको थियो । सहजकर्ता रिजालले बचतको आवश्यकताबारे प्रष्ट्याउँदै बैंकमार्फत कारोबार गर्दा हुने फाइदाको बिषयमा जानकारी गराएका थिए । उनले बैंकमा गलत ब्यक्तिले गर्ने अनाधिकृत गतिविधिबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे बुझाएका थिए ।
शाखा प्रमुख रिजालले माछापुच्छ्रे बैंकको सेवा सुबिधाको बारेमा समेत जानकारी गराएका थिए ।
त्यस्तै अर्का सहजकर्ता क्रेडिट अफिसर मनिष अधिकारीले शेयर बजार, एसआइपी प्लान लगायतमा लगानी गर्दा कस्तो प्रतिफल लिन सकिन्छ भन्नेबारे जानकारी दिएका थिए ।
हिमालयन लाइफका बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारीले अभिकर्ता लगायत सबै सहभागीहरुले कार्यक्रमबाट लाभ लिएको भन्दै  सहजकर्ता तथा सहभागीहरुलाई धन्यवाद दिएका थिए । ट्रष्ट टीम नेपालका संयोजकसमेत रहेका एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर खिवराज दाहालको संयोजकत्वमा भएको कार्यक्रमलाई ट्रष्ट टीमका बोर्ड सदस्य तथा एजेन्सी मेनेजर सागर रिजालले संचालन गरेका थिए ।  

सम्बन्धित समाचार