२०८३ बैशाख ५ गते , शनिबार

आरए ट्रेडर्स बिर्तामोडमा सुजुकीको ‘जिम्नी’ र ‘फ्रोन्क्स’ सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २२ गते , सोमबार
आरए ट्रेडर्स बिर्तामोडमा सुजुकीको ‘जिम्नी’ र ‘फ्रोन्क्स’ सार्वजनिक

बिर्तामोड । नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु जिम्नीफ्रोन्क्सगाडी बिर्तामोडमा लन्च भएको छ ।

झापाको बिर्तामोड२ रामचोकमा रहेको मारुती सुजुकीको आधिकारिक डिलर आरए ट्रेडर्स अटो प्राइभेट लिमिटेडले सोमबार एक कार्यक्रमका बिच जिम्नीफ्रोन्क्ससार्वजनिक गरेको हो । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र आरए ट्रेडर्सका संचालक राजेन्द्रकुमार थापाले संयुक्त रुपमा ती दुई एसयूभीहरु लन्च गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष न्यौपाने , विशेष अतिथि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले आकर्षक डिजाइनको सुविधासम्पन्न सुजुकी जिम्नी र फ्रोन्क्स गाडी ग्राहकको रुचि अनुसार बजारमा आएको बताए । उनीहरुले आरए ट्रेडर्सको व्यवसायीक सफलताको कामनासमेत गरे ।

त्यस्तै कार्यक्रमका अध्यक्ष आरए ट्रेडर्सका संचालक थापाले अहिलेको मन्दीको अवस्थामा व्यवसायलाई बचाउन सबैलाई आग्रह गरे । आरए ट्रेडर्सका जनरल मेनेजर सोकेन्द्र गौतमले सुजुकी जिम्नी र फ्रोन्क्सका विशेषताका बारेमा जानकारी दिए । उनका अनुसार ५ ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो । जो हेभीड्युटील्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । यो एसयूभी एक समर्पित उन्नत फोर ह्वील प्रणाली, अल ग्रीप प्रोसँग आएको छ भने ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र थ्री लिंक रिजिड एक्सल सस्पेन्सन जस्ता अफरोड सुविधाहरू समावेश रहेको छ । अफरोडको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिलडिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू प्रदान गर्ने जनरल मेनेजर गौतमले बताए ।

त्यस्तै नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयूभी हो । फेस अफ न्यु एसयूभी भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदायी र सुरक्षित अनुभूति प्रदान गर्दछ । प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागि सम्पूर्ण माग आपूर्ति गर्ने बिश्वास कम्पनीले लिएको जनाएको छ ।

जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार र फ्रोन्क्सको मूल्य उनान्चालिस लाख उनान्सय हजार रहेको छ ।

सम्बन्धित समाचार