खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १३० रुपैँयाले घट्यो
बिर्तामोड । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको छ । भारतबाट आएको नयाँ मूल्यसूची अनुसार निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोल र डिजेल र खाना पकाउने ग्यासको मुल्य समायोजन गरेको हो ।
निगमकाअनुसार खाना पकाउने एल्पी ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपैयाँ घटेको छ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्य सुचि परिवर्तन गरेर पठाएपछि स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गरिएको बताए ।
हाल पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँमा कारोबार भइरहेको छ भने डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुग्ने भएको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुग्ने भएको छ ।
यता हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ ।