२०८३ बैशाख ५ गते , शनिबार

हाम्रो नेपाल साकोस १२औँ बर्षमा प्रवेश, शेयर पूँजी १९ करोड नजिक

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १४ गते , आईतबार
हाम्रो नेपाल साकोस १२औँ बर्षमा प्रवेश, शेयर पूँजी १९ करोड नजिक

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १२औँ बर्षमा प्रवेश गरेको छ ।

यो अवधिमा साकोसमा २० हजार ९८१ महिलासहित ३५ हजार ८८४ जना शेयर सदस्य रहेका छन् । इलाम, झापा र मोरङ कार्यक्षेत्र रहेको साकोसले ३१ वटा सेवाकेन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थाले सार्वजनिक गरेको गत असार मसान्तसम्मको अपरिस्कृत प्रगति विवरण अनुसार १८ करोड ८७ लाख ४८ हजार सात सय रुपैँया शेयर पूँजी रहेको छ । संस्थाको विभिन्न कोषहरुमा ५ करोड ६९ लाख ७८ लाख ५३५ रुपैँया रहेको छ । संस्थामा हाल २०.९७ प्रतिशत तरलता रहेको बताइएको छ । संस्थाबाट ६ हजार ३७३ जनाले ऋण लिएका छन् ।

११औँ बार्षिकोत्सवको अवसरमा साकोसका अध्यक्ष भवानीप्रसाद दंगालले सम्पूर्ण शेयर सदस्य, कार्यसमिति सदस्यहरु, कर्मचारी लगायत शुभचिन्तकहरुमा शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार