२०८३ बैशाख ६ गते , आईतबार

छात्रवृत्ति विवरण नबुझाउने बिर्तामोडका संस्थागत विद्यालयलाई कारबाही गरिने

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ११ गते , विहीबार
छात्रवृत्ति विवरण नबुझाउने बिर्तामोडका संस्थागत विद्यालयलाई कारबाही गरिने

बिर्तामोड । छात्रवृत्ति विवरण नबुझाउने बिर्तामोडका १२ वटा संस्थागत विद्यालयलाई नगरपालिकाले कारबाही गर्ने भएको छ । नगरपालिकाले सुचना जारी गरी पटक पटक सुचना प्रकाशित गर्दा पनि अटेर गरेर विवरण नबुझाउने ती विद्यालयहरुलाई कारबाही गरिने जानकारी दिएको हो ।

नगरपालिकाको शिक्षा शाखाले बुधवार सूचना प्रकाशन गरी सात दिनभित्र अनिवार्य विद्यालय व्यवस्थापन समितिको निर्णयसहित छात्रवृत्ति वितरण गरेको विवरण पेश गर्न निर्देशन दिँदै सो समयावधिभित्र पेश नगरेमा नियमानुसार जरिवाना, अनुमति रद्द लगायतका कारवाही हुने चेतावनी दिएको छ । हालसम्म छात्रवृत्ति वितरणको विवरण नबुझाउने विद्यालयहरु निम्न छन् । विराटअर्जुन इङलिस स्कुल बिर्तामोड १०, मिडिल प्वाइन्ट इङ्लिस स्कुल बिर्तामोड ५, नवोदय फनमिन इङ्लिस स्कुल बिर्तामोड ३ , सिद्धार्थ शिशु सदन बिर्तामोड १०, हिमरेश एजुकेशन एकाडेमी बिर्तामोड १, सनराइज एजुकेशन फाउण्डेशन बिर्तामोड ८, बेबी लेण्ड इङ्लिस स्कुल बिर्तामोड ४, मंगलदिप एलाईट इङ्लिस स्कुल बिर्तामोड २, हेप्पी किड्स इङ्लिस स्कुल बिर्तामोड ५, ग्रिनउड इङ्लिस स्कुल बिर्तामोड ४, प्रज्ञा इङ्लिस स्कुल बिर्तामोड १ र बिर्ता एजुकेशन इङ्लिस स्कुल बिर्तामोड ६ रहेका छन् ।

बिर्तामोड नगरपालिकामा ५८ वटा संस्थागत विद्यालय छन् । तीमध्ये ४६ वटाले छात्रबृत्ति वितरणको विवरण बुझाएको र बाँकी १२ वटाले नबुझाएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरपालिकाले असार ८ र १५ गते गरी दुईपटक छात्रवृत्तिको विवरण बुझाउन सूचना जारी गरेको थियो । त्यसलाई अटेर गरेपछि बुधवार कार्वाहीको चेतावनीसहितको सूचना नगरपालिकाले प्रकाशित गरेको हो । सात दिने म्याद सकिएपछि नगरपालिका कार्वाहीको प्रक्रियामा जाने निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए ।

हामीले ७ दिने म्यादसहितको अन्तिम सूचना निकालेका छौंभण्डारीले भने,‘त्यसपछि जरिवानासहित दर्ता खारेजको प्रक्रिया अघि बढ्नेछ ।

सम्बन्धित समाचार